नेपाली (Nepali)SEE 2082, Madhesh Province
१६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : ४+४=८ (क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : यस्तो आदर्श यात्रामा कहिले चलुँला नि म ? चन्द्रसूर्य बनी आफैँ कहिले बलुँला नि म ? आफ्नै…
8१६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : ४+४=८ (क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : यस्तो आदर्श यात्रामा कहिले चलुँला नि म ? चन्द्रसूर्य बनी आफैँ कहिले बलुँला नि म ? आफ्नै पौरखले बाटो कहिले खनुँला नि म ? सर्वोच्च कविता आफैँ कहिले बनुँला नि म ? प्रश्नहरू (अ) 'आफ्नै पौरखले बाटो खन्नु' को तात्पर्य के हो ? (आ) माथिको कवितांशमा 'आदर्श यात्रा' र 'चन्द्रसूर्य' ले के के कुरालाई सङ्केत गरेका छन् ? (ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : सफल र लोकप्रिय बन्न विदेशै जानुपर्छ भन्ने सोचलाई सन्दुक रुइतले गलत साबित गरिदिएका छन् । नेपालमै बसेर संसारभरिका मानिसको सेवा गर्न र जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने कुराका लागि रुइतको जीवनी अनुपम दृष्टान्त हो । धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षबाट मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने कुराको प्रेरणा उनको जीवनीबाट पाउन सकिन्छ । प्रश्नहरू (अ) सन्दुक रुइतले कस्ता कुरामा साहस देखाए ? (आ) रुइतको जीवनीबाट के प्रेरणा पाउन सकिन्छ ?
Discussion
Loading…