नेपाली (Nepali)NEB 2076 (old course)
तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनु होस् : आम सञ्चार क्षेत्रले बेहोर्नु परेका कठिनाइ, झमेला र समस्या बग्रेल्ती छन् । लोकतान्त्रिक प्रणाली र गणतन्त्र नेपालको यस यात्रामा जस्ता सुकै…
10तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनु होस् : आम सञ्चार क्षेत्रले बेहोर्नु परेका कठिनाइ, झमेला र समस्या बग्रेल्ती छन् । लोकतान्त्रिक प्रणाली र गणतन्त्र नेपालको यस यात्रामा जस्ता सुकै अप्ठ्यारा आए पनि निर्भीकता साथ अघि बढ्ने प्रवृत्ति रहेकाले नै आम सञ्चारले राष्ट्रभित्र मात्रै होइन, बाह्य मुलुकबाट समेत निकै प्रशंसा बटुलेको छ । पत्रकारिताको विकासका दृष्टिले निश्चय नै विगतका तुलनामा फड्को मार्दै बढिरहेको अवस्था छ तर कमी कमजोरी मेटिन नसकेको तितो सत्य पनि रहेकै छ । विशेषतः राष्ट्रिय मामिलामा आम सञ्चारको एउटै दृष्टिकोण अंगाल्ने परिपाटी नहुनु पीडादायी विषय हो । अन्य मुलुकका पत्रकारिताको मूल्याङ्कन गर्दा राष्ट्रिय स्वार्थ र राष्ट्रियताको विषयमा अलिकति पनि तल, माथि परेको देखिँदैन । त्यहाँ राष्ट्रिय सन्दर्भमा प्रत्येक सञ्चारगृहले एउटै प्रवृत्ति अंगाल्दै आएका छन् । राष्ट्रिय मूल्य मान्यता तथा वैदेशिक नीतिलाई सबै सञ्चारमाध्यमहरूले एकै धारणासाथ सम्प्रेषण गरेका खण्डमा मुलुकभित्र राष्ट्रियता संवर्धन, प्रवर्धनतर्फ ठूलो योगदान पुग्नेछ र अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालप्रतिको दृष्टिकोण बनाउन गाह्रो पर्ने छैन । कतिपय सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्दा स्रोत उल्लेख नगर्नाले भ्रम फैलने गरेको विसङ्गति त छँदै छ साथै समाचारमा निजी विचार समेत घुसाइ दिने प्रवृत्तिले स्वच्छ, निष्पक्ष पत्रकारिताको विकासमा तगारो तेर्स्याउँदै आइरहेको छ । संवैधानिक मूल्य, मान्यता, आमसञ्चारका सिद्धान्त, पत्रकार आचार संहिता आदिको सही रुपमा पालना हुन नसकिरहेको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ ।
प्रश्नहरू: (क) आम सञ्चारले प्रशंसा पाउनुको कारण के हो ? (ख) लेखकले कुन कुरालाई पीडादायी भनेका छन् ? (ग) विदेशी र स्वदेशी पत्रकारितामा देखिएको मूलभूत भिन्नता के हो ? (घ) निष्पक्ष पत्रकारिताका लागि गर्नुपर्ने कार्य के हुन् ? (ङ) 'तितो सत्य' र 'तगारो तेर्स्याउनु' पदावलीको आशय के हो ?
Discussion
Loading…