Nep नेपाली (Nepali)

नेपाली (Nepali)NEB 2076 (old course)

तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनु होस् : आम सञ्चार क्षेत्रले बेहोर्नु परेका कठिनाइ, झमेला र समस्या बग्रेल्ती छन्। लोकतान्त्रिक प्रणाली र गणतन्त्र नेपालको यस यात्रामा जस्ता सुकै…

10

तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनु होस् : आम सञ्चार क्षेत्रले बेहोर्नु परेका कठिनाइ, झमेला र समस्या बग्रेल्ती छन्। लोकतान्त्रिक प्रणाली र गणतन्त्र नेपालको यस यात्रामा जस्ता सुकै अप्ठ्यारा आए पनि निर्भीकता साथ अघि बढ्ने प्रवृत्ति रहेकाले नै आम सञ्चारले राष्ट्रभित्र मात्रै होइन, बाह्य मुलुकबाट समेत निकै प्रशंसा बटुलेको छ। पत्रकारिताको विकासका दृष्टिले निश्चय नै विगतका तुलनामा फड्को मार्दै बढिरहेको अवस्था छ तर कमी कमजोरी मेटिन नसकेको तितो सत्य पनि रहेकै छ। विशेषतः राष्ट्रिय मामिलामा आम सञ्चारको एउटै दृष्टिकोण अँगाल्ने परिपाटी नहुनु पीडादायी विषय हो। अन्य मुलुकका पत्रकारिताको मूल्याङ्कन गर्दा राष्ट्रिय स्वार्थ र राष्ट्रियताका विषयमा अलिकति पनि तल, माथि परेको देखिंदैन। त्यहाँ राष्ट्रिय सन्दर्भमा प्रत्येक सञ्चारगृहले एउटै प्रवृत्ति अँगाल्दै आएका छन्। राष्ट्रिय मूल्य मान्यता तथा वैदेशिक नीतिलाई सबै सञ्चारमाध्यमहरूले एकै धारणासाथ सम्प्रेषण गरेका खण्डमा मुलुकभित्र राष्ट्रियता संवर्धन, प्रवर्धनतर्फ ठूलो योगदान पुग्नेछ र अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालप्रतिको दृष्टिकोण बनाउन गाह्रो पर्ने छैन। कतिपय सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्दा स्रोत उल्लेख नगर्नाले भ्रम फैलने गरेको विसङ्गति त छँदै छ साथै समाचारमा निजी विचार समेत घुसाइ दिने प्रवृत्तिले स्वच्छ, निष्पक्ष पत्रकारिताको विकासमा तगारो तेर्स्याउँदै आइरहेको छ। संवैधानिक मूल्य, मान्यता, आमसञ्चारका सिद्धान्त, पत्रकार आचार संहिता आदिको सही रुपमा पालना हुन नसकिरहेको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ।

प्रश्नहरू: (क) आम सञ्चारले प्रशंसा पाउनुको कारण के हो ? (ख) लेखकले कुन कुरालाई पीडादायी भनेका छन् ? (ग) विदेशी र स्वदेशी पत्रकारितामा देखिएको मूलभूत भिन्नता के हो ? (घ) निष्पक्ष पत्रकारिताका लागि गर्नु पर्ने कार्य के हुन् ? (ङ) ‘तितो सत्य’ र ‘तगारो तेर्स्याउनु’ पदावलीको आशय के हो ?

Answer

शीर्षकआम सञ्चार सम्बन्धी प्रश्नहरूको उत्तर
मूल भाग

[object Object]

[object Object]

[object Object]

[object Object]

[object Object]

Discussion

Loading…

More नेपाली (Nepali) questions

(ख) तलका सरल वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नु होस् : ज्ञानहरि देश विदेश डुलेका छन्। उनले सुखदु:ख बुझेका छन्। उनका जेठा छोराको विवाह छ। निमन्त्रणा पत्र…NEB 2076 (old course)5तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : घर फर्किएपछि मैले उनीहरूलाई महिनाको एक दुई चिठीका साथै केही टिकटहरू पनि पठाउन थालें ।…NEB 2076 (old course)3तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नु होस् : सानीले भाइलाई <u भनी</u ; पृथ्वी गोलो छ <u भनी</u वैज्ञानिकहरूले भनेका छन्; <u…NEB 2076 (old course)3(ख) तलको अनुच्छेदबाट तिन समस्त शब्द र तिन द्वित्व व्युत्पन्न शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नु होस् र द्वित्व व्युत्पन्न शब्दको निर्माण प्रक्रिया देखाउनु…NEB 2076 (old course)2कुनै दुई प्रश्नको उत्तर दिनु होस् : (क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एकएक शब्द बनाउनु होस्: उपसर्ग: आ, प्रति, बे प्रत्यय: अन्ते, इक, ति । (ख) तलको…NEB 2076 (old course)6कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : a) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द खोजी लेख्नुहोस् : आजभोलि सांस्कृतिक…NEB 2076 (old course)6

All नेपाली (Nepali) old questions