National Examinations Board (+2)
+2 Management (Class 11 and 12)
Class 12 · NEB 2082
Course Title: Life Skill Education (LSE)
Full Marks: 75Time: 3 hrs
विद्यार्थीहरुले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारमा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ । सबै प्रश्नको उत्तर दिनुहोस् ।
Group A
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरु(11 × 1 = 11)
- 1.1
बौद्ध परम्परामा अष्टाङ्गिक मार्ग अन्तर्गत 'सम्यक प्रयास' को अर्थ प्रस्ट पार्नुहोस् ।
- 2.1
पूर्वीय र पाश्चात्य परम्परा बिचको समान विशेषता एक बुँदामा स्पष्ट पार्नुहोस् ।
- 3.1
सामाजिक अनुसन्धान प्रतिवेदन तयार पार्दा सन्दर्भ सामग्रीको प्रयोगमा ध्यान दिनुपर्ने कुरा एक बुँदामा लेख्नुहोस् ।
- 4.1
सूचना तथा तथ्याङ्कलाई अनुसन्धानको महत्त्वपूर्ण आधार मानिन्छ , किन ? एक बुँदामा प्रस्ट पार्नुहोस् ।
- 5.1
नेपाल मण्डलको अन्तिम राजाको नाम उल्लेख गर्नुहोस् ।
- 6.1
तपाईंको समुदायमा भएको सामाजिक रूपान्तरणलाई कसरी अभ्यास गर्नुभएको छ ? आफ्नो अनुभव एक बुँदामा लेख्नुहोस् ।
- 7.1
किशोरकिशोरीमा मोबाईल फोनको प्रयोगबाट पर्ने नकारात्मक असर न्यूनीकरण गर्न एउटा नारा तयार पार्नुहोस् ।
- 8.1
नेपालको आन्तरिक बसाइँसराइमा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी हुनुको कारण के हो ? एक बुँदामा उल्लेख गर्नुहोस् ।
- 9.1
नेपालको परराष्ट्र नीतिका कुनै दुई विशेषता लेख्नुहोस् ।
- 10.1
वैश्विक सङ्घ संस्थाबाट लाभ लिन नेपाल सरकारले गरेका गतिविधिको सम्बन्धमा जानकारी लिन परराष्ट्र मन्त्रीलाई सोध्न सकिने दुईवटा प्रश्नको नमुना तयार पार्नुहोस् ।
- 11.1
बेरोजगारी समस्या समाधानमा प्राविधिक शिक्षाको महत्त्व एक बुँदामा लेख्नुहोस् । GROUP: B | संक्षिप्त उत्तरात्मक प्रश्नहरु | 8 × 5 = 40
— The End —