National Examinations Board (+2)
+2 Management (Class 11 and 12)
Class 12 · NEB 2082
Course Title: नेपाली (Nepali) (Nep)
Full Marks: 75Pass Marks: 27Time: 3 hrs
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्ने छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।
Group A
Very short answer questions(11 × 1 = 11)
- 1.3
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्या लेख्नुहोस् : वातावरण प्रदूषणका कारण देखिएको <u>नकारात्मक</u> असरका विषयमा <u>विभिन्न</u> पक्षबाट बहस भइरहेको छ । यसका बारेमा <u>चौतर्फी</u> बहस भए पनि पूर्णतः <u>समाधानको</u> उपाय भने निस्किएको छैन । [३]
- 2.3
दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : जीवन सङ्घर्षमय र रमनीय पनि छ जीवन जिउने पद्धतिले पनि यसमा महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ । सम्पत्ती, इज्जत र काममध्ये कुन पक्ष लाई बढी महत्त्व दिइन्छ भन्ने आधारमा यसको प्रतिफल पनि निर्धारण हुन्छ । [३]
- 3.2
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [2]
- (क) दिएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : हरेक आर्थिक वर्षमा खुरुखुरु राजस्व तिर्ने बानीले जरिबाना तिर्नु पर्दैन । राज्यकोषमा जम्मा भएको उक्त रकमले विकासका कार्यक्रमहरू-सडक निर्माण, वृक्षरोपण, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा फटाफट लगानी गरी लाभ लिन सकिन्छ । OR
- (ख) दिएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्: जब पर्यो राती तब बुढी ताती भन्छन् । परीक्षाको तालिका आएपछि मात्र कालोनिलो भएर पढ्न कस्सिएको रामलाई देखेर अभिभावकले अचानाको पिर खुकुरीले जान्दैन भन्दै चित्त दुखाए । यसरी अभिभावकको ओठमुख सुक्ने अवस्था आउनु राम्रो होइन ।
- 4.3
दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस् : [3] जान्नेको सहयोग लिई उनले पुराना घडी तथा रेडियोका पाटपुर्जाबाट कम्प्युटर बनाएका थिए र यसबाट उनी अवधारणात्मक गणितीय समीकरणको समाधान गर्ने गर्थे ।
- 5.2
दिएको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : [2] मानिसहरू ग्रामीण क्षेत्रबाट रोजगारीका लागि सहरतिर प्रवेश गर्छन् । चाहेजस्तो जागिर नपाउँदा कतिपय त फेरि गाउँतिर फर्केर खेतीपाती गरी रमाएका पनि छन् ।
— The End —