Life Skill Education NEB 2081 question paper

22 questions · 15 with worked answersSit this paper (timed)

National Examinations Board (+2)

+2 Science (Class 11 and 12)

Class 12 · NEB 2081

Course Title: Life Skill Education (LSE)

Full Marks: 75Pass Marks: 27Time: 3 hrs

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।

Group A

Very short answer questions(11 × 1 = 11)

  1. 1.

    सामाजिक अध्ययनको एक प्रमुख उद्देश्य उल्लेख गर्नुहोस् ।

    1
  2. 2.

    पाश्चात्य चिन्तनमा 'पुनर्जागरण युग'लाई 'प्रबोध युग' वा 'ज्ञानोद्दीपन युग' भनिन्छ, किन ? एक वाक्यमा लेख्नुहोस् ।

    1
  3. 3.

    तपाईंले सामाजिक अनुसन्धानबाट प्राप्त गरेको तथ्याङ्कलाई चित्रात्मक प्रस्तुतिमा किन सहज मान्नुहुन्छ ? आफ्नो अनुभव एक वाक्यमा लेख्नुहोस् ।

    1
  4. 4.

    तपाईं अध्ययन प्रस्तावना संरचनाको कुन पक्षलाई सबैभन्दा महत्त्वपूर्ण ठान्नुहुन्छ ? आफ्नो तर्क कारणसहित एक वाक्यमा उल्लेख गर्नुहोस् ।

    1
  5. 5.

    'दिव्योपदेश' को अर्थ एक वाक्यमा लेख्नुहोस् ।

    1
  6. 6.

    तपाईं आफ्नो विद्यालय वा समुदायमा रहेका अपाङ्ग व्यक्तिको सहज जीवनयापनका लागि कसरी सहयोग गर्नुहुन्छ ? आफ्नो भूमिका एक वाक्यमा उल्लेख गर्नुहोस् ।

    1
  7. 7.

    तपाईंको सार्वजनिक महत्त्वको विषय सम्बन्धी सूचनाको हक हनन् भयो भने, उक्त विषयमा सूचनाको हक पाउने अधिकारलाई कसरी उपयोग गर्नुहुन्छ ? एउटा प्रक्रिया उल्लेख गर्नुहोस् ।

    1
  8. 8.

    स्वेच्छिक बसाइँसराइको अर्थ एक वाक्यमा उल्लेख गर्नुहोस् ।

    1
  9. 9.

    दिगो विकास लक्ष्यको एक प्रमुख विशेषता उल्लेख गर्नुहोस् ।

    1
  10. 10.

    तपाईंको नातेदार वा चिनजानको कोही व्यक्ति रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ, उहाँले सुरक्षित आप्रवासनका लागि के गर्नुपर्ला ? आफ्नो सुझाव एक वाक्यमा उल्लेख गर्नुहोस् ।

    1
  11. 11.

    शिक्षाले सामाजिक परिवर्तनमा पार्ने प्रभाव एक वाक्यमा उल्लेख गर्नुहोस् । GROUP: B | Short answer questions | 8 × 5 = 40

    1

— The End —