National Examinations Board (+2)
+2 Science (Class 11 and 12)
Class 12 · NEB 2081
Course Title: नेपाली (Nepali) (Nep)
Full Marks: 75Pass Marks: 27Time: 3 hrs
Group B
Short answer questions(8 × 5 = 40)
- 10.5
दिएको अनुच्छेद पढ़ी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : [५] आजको विश्वमा मानव जातिका लागि मानव अधिकार भन्ने कुरा अपरिहार्य विषय बन्न पुगेको छ । मानव अधिकारको अभावमा मानिसको वैयक्तिक विकास सम्भव छैन । जब एउटा नागरिक आफ्ना अधिकारहरूबाट वञ्चित हुन्छ तब त्यसको असर समाज र राष्ट्रले समेत भोग्नुपर्ने हुन्छ । मानव अधिकार कुनै एउटा व्यक्ति वा कुनै एउटा राज्यको मात्र सरोकारको कुरा होइन । यसको सम्मानमा संसारका हरेक व्यक्ति, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्कै सहयोग आवश्यक हुन्छ । आफ्नो मुलुकमा मानव अधिकारलाई सम्मान गर्ने परिपाटी कायम गर्ने कि नगर्ने भन्ने विषयचाहिँ त्यस मुलुकको राज्य व्यवस्था वा सरकारमा निर्भर गर्दछ । यस अर्थमा मानव अधिकारको सम्मान गर्न र त्यसलाई सुदृढ पार्न सरकारकै महत्त्वपूर्ण भूमिका रहने देखिन्छ । जहाँ मानव अधिकारको सम्मान हुँदैन, त्यहाँ लोकतन्त्र पनि हुँदैन । जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मात्रै मानव अधिकार प्राप्त गर्न सहज हुन्छ । मानव अधिकारलाई गौण विषय ठानेर त्यसको बेवास्ता गर्दै लोकतन्त्रको कुरा गर्नु निरङ्कुशतालाई आत्मसात गर्नु हो । आज पनि विश्वका कतिपय मुलुकमा प्रजातन्त्र वा लोकतन्त्रका नाममा मानव अधिकारको अवहेलना गर्ने कार्य भएको पाइन्छ । मानव अधिकारप्रति सम्मान दर्शाउने प्रजातान्त्रिक संविधानको निर्माण भए तापनि व्यवहारमा त्यसको पालना नगरिएका उदाहरणहरू प्रशस्तै पाइन्छन् । संविधानमा मात्रै मानव अधिकारको प्रतिबद्धता जाहेर गरेर वास्तविक रूपमा मानव अधिकारको सम्मान हुन सक्दैन । मानव अधिकारको पूर्ण सम्मानका लागि प्रजातान्त्रिक संविधानअनुसार स्थापित हुने सरकारको कार्यशैली पनि प्रजातान्त्रिक हुनु अत्यावश्यक छ । प्रश्नहरू:
- (क) मानव अधिकार किन आवश्यक छ ? [१]
- (ख) मानव अधिकारको सम्मान कसकसको सरोकारको विषय हो ? [१]
- (ग) प्रजातन्त्र र मानव अधिकारका बिचमा कस्तो सम्बन्ध हुन्छ ? [१]
- (घ) मानव अधिकारको सम्मानका लागि सरकारले के गर्नु आवश्यक छ ? [१]
- (ङ) मानव अधिकारको अवहेलना हुन नदिन कुन कुरामा ध्यान दिनु आवश्यक छ ? [१]
- 11.5
दिएको अनुच्छेद पढ़ी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् : [२+३] पाठ्यक्रम शिक्षाको मूल आधार भएकाले यसकै आधारमा सम्पूर्ण शैक्षिक क्रियाकलापहरू सञ्चालन गरिन्छन् । पाठ्यक्रममा शैक्षिक उद्देश्य, विषयवस्तुको छनोट, शैक्षिक सामग्री, शिक्षण प्रक्रियाको निर्माण र मूल्याङ्कन प्रक्रियाको किटान गरिएको हुन्छ । पाठ्यक्रममा विद्यार्थीको जीवनमा परिवर्तन ल्याउने सिकाइ अनुभवलाई एकीकृत गरिएको हुन्छ । यस्ता अनुभव विद्यार्थीले सिकिसकेको थाहा पाउन र त्यसको अनुगमन गर्नका लागिसमेत पाठ्यक्रममा आवश्यक योजना बनाइएको हुन्छ । पाठ्यक्रमकै माध्यमबाट शिक्षकले विद्यार्थीको रुचि र चाहनाअनुसारका सिकाइ अनुभव प्रदान गर्दछन् भने विद्यार्थी त्यस्ता अनुभव सिकी आफ्नो चौतर्फी विकास गर्दछन् । पाठ्यक्रममा शिक्षाको राष्ट्रिय उद्देश्य, तहगत, कक्षागत र विषयगत उद्देश्य, सिकाइको न्यूनतम उपलब्धि, स्तरअनुकूलको समसामयिक विषयवस्तु, समुदायको चाहना आदि व्यापक विषय समेटिएका हुन्छन् । पाठ्यक्रमकै गुणस्तर, प्रभावकारिता र कार्यान्वयनका आधारमा शैक्षिक जनशक्ति तयार हुन्छ र तिनले समाज र राष्ट्रको अगुवाइ गर्ने हुँदा राष्ट्रको भूत, वर्तमान र भविष्य पनि पाठ्यक्रममै निर्भर रहन्छ । यस दृष्टिले हेर्दा पाठ्यक्रम शिक्षण सिकाइ प्रक्रियाको एक अनिवार्य र अपरिहार्य तत्त्व हो ।
- 12.4
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]
- (क) हालै बजारमा आएको 'मयुर' नामक साहित्यिक पत्रिकाको प्रचारप्रसारका लागि आवश्यक पर्ने विज्ञापनको नमुना तयार पार्नुहोस् । [४]
- (ख) सुन्दरनगर सामुदायिक वन उपभोक्ता समिति, झापाले वार्षिकोत्सवका अवसरमा गर्न लागेको बृहत् वृक्षरोपण कार्यक्रमको बैठक निर्णय तयार पार्नुहोस् । [४]
- 13.5
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [५]
- (क) तपाईं संलग्न कुनै सामाजिक संस्थाले सम्पन्न गरेको एकदिने सरसफाइ कार्यक्रमलाई समेटी १५० शब्दसम्मको प्रतिवेदन लेख्नुहोस् । [५]
- (ख) 'सामाजिक सञ्जालको दुरुपयोग' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् । [५]
- 14.4
कुनै एकको व्याख्या गर्नुहोस् : [४]
- (क) हो, त्यो आउँछ, त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ । [४]
- (ख) वास्तवमा सभ्यता भनेको जाति, भाषा र संस्कृतिको समष्टि हो । [४]
- 15.4
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]
- (क) दिएको कथांश पढ़ी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : [४]
तिनले चारैतिर हेरिन् । टाढा पूर्वतिर पातलो जङ्गलको पारि केही छाप्रा रहेजस्तो तिनलाई लाग्यो । तीन दिनदेखि नरनारीको मुखसम्म नदेखेकी दमयन्तीमा मानिसको सान्निध्यको अनुभवले आनन्द दिन थाल्यो भने आशाका लहर पनि उठ्न थाले । सूर्यास्त हुँदै गयो । टाढाका तिनै छाप्रातिरबाट कुखुरा बासेका स्वर तिनले सुनिन् । त्यो स्वरले उल्लासमय मनोदशामा पुगेकी दमयन्तीको मनलाई तिनै छाप्राका नरनारीतिर, मानिसको सामीप्यतिर तान्न थाल्यो । तथापि दमयन्तीले प्रबल आत्मनियन्त्रणलाई अँगालेर खेतका हरिया मुना र कलिला काँचा जौका भारद्वारा भोकलाई शान्त पार्दै त्यही ढुङ्गामाथि लम्प्रसार परिन् ।
प्रश्नहरू :
- (अ) दमयन्तीको मनोदशा किन उल्लासमय भयो ? [२]
- (आ) माथिको अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ ? [२]
- (ख) दिएको संवादांश पढ़ी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : [४] नेपालमा थुप्रै जाति छन् । हरेक जातिको आफ्नै प्रकारका परम्परा, संस्कृति, ज्ञान अनुभव छन् । त्यस्तै नेपालमा अनेक भाषा छन् । भाषा भनेको मानव पुर्खाको आविष्कार हो । जातिमा [४] जस्तै हरेक भाषामा पनि मानिसका ज्ञान, अनुभव, संस्कृति सुरक्षित हुन्छन् । हामी मानव सभ्यताका कुरा गर्छौं नि । वास्तवमा सभ्यता भनेको जाति, भाषा र संस्कृतिको समष्टि हो । त्यसैले जाति, भाषा, संस्कृतिमा विविधता हुनु भनेको सभ्यतामा पनि विविधता हुनु हो । यसैले जाति, भाषा, संस्कृतिमा विविधता भएको हाम्रो समाज विविध सभ्यताको सङ्गम पनि हो । त्यसैले विविधता आफैँमा सम्पत्ति भएन र ? प्रश्नहरु :
- (अ) जाति र भाषाभित्र के के कुरा रहेका हुन्छन् ?
- (आ) हाम्रो समाज कसरी विविध सभ्यताको समाज हो ?
- (क) दिएको कथांश पढ़ी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : [४]
तिनले चारैतिर हेरिन् । टाढा पूर्वतिर पातलो जङ्गलको पारि केही छाप्रा रहेजस्तो तिनलाई लाग्यो । तीन दिनदेखि नरनारीको मुखसम्म नदेखेकी दमयन्तीमा मानिसको सान्निध्यको अनुभवले आनन्द दिन थाल्यो भने आशाका लहर पनि उठ्न थाले । सूर्यास्त हुँदै गयो । टाढाका तिनै छाप्रातिरबाट कुखुरा बासेका स्वर तिनले सुनिन् । त्यो स्वरले उल्लासमय मनोदशामा पुगेकी दमयन्तीको मनलाई तिनै छाप्राका नरनारीतिर, मानिसको सामीप्यतिर तान्न थाल्यो । तथापि दमयन्तीले प्रबल आत्मनियन्त्रणलाई अँगालेर खेतका हरिया मुना र कलिला काँचा जौका भारद्वारा भोकलाई शान्त पार्दै त्यही ढुङ्गामाथि लम्प्रसार परिन् ।
प्रश्नहरू :
— The End —