National Examinations Board (+2)
+2 Humanities (Class 11 and 12)
Class 11 · NEB 2074 (old course)
Course Title: नेपाली (Nepali) (Nep)
Full Marks: 75Pass Marks: 27Time: 3 hrs
the general instruction line
Group A
Very short answer questions(11 × 1 = 11)
Group B
Short answer questions(8 × 5 = 40)
- 5.5
कुनै एक प्रश्नको उत्तर दिनु होस् : (क) तलको अनुच्छेदका वाक्यहरूलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी वाक्यढाँचा समेत मिलाएर पुनर्लेखन गर्नु होस् : ऊ काठमाडौंबाट पोखरा गइछ । उसले बाटामा थुप्रै मान्छेहरू देखिछ । उसले आफूसँग बसेको एक जना पुरुषलाई साथी बनाइछ । पुरुषले लैङ्गिक अधिकारका विषयमा कुरा गरेछ । महिलाले पुरुष साथीको तर्कमा सहमति जनाइछ ।
(ख) तलको अनुच्छेदका वाक्यहरूलाई वाक्यढाँचा समेत मिलाई तृतीय पुरुषबाट प्रथम पुरुषमा परिवर्तन गर्नु होस् : ऊ नेपाली हो । ऊ सगरमाथा पुगेको छैन । ऊ कहिले त्यहाँ पुगुँ भन्ने विचारमा छ । उसले अहिलेसम्म त्यहाँ जाने अवसर पाएको छैन । ऊ सगरमाथामा पुगेर गौरवान्वित हुने छ ।
- 6.6
कुनै एक प्रश्नको उत्तर दिनु होस् : (क) ले, लाई, बाट, द्वारा, देखि र मा विभक्ति लागेका र भिन्न भिन्न कारकको प्रयोग भएका छ वटा वाक्यमा आफ्ना भाइको वर्णन गर्नु होस् ।
(ख) तलको अनुच्छेदका वाक्यहरूलाई सङ्गति मिलाई पुनर्लेखन गर्नु होस् : मेरो बहिनी कक्षा एघारमा पढ्छ । ऊ कक्षामा सधैँ प्रथम हुन्छ । भाइ भने खेलमा मात्र रूचि राख्छ । उनीहरू दुवै अत्यन्त मिल्छ । बुबा भाइ बहिनीलाई धेरै माया गर्छ । हामी कहिलेकाहीँ सबै परिवार मिलेर घुम्न जान्छस् ।
- 10.5
तल दिइएको अनुच्छेदबाट मुख्य मुख्य कुरा नछुटाई पाँच वटा बुँदा टिप्नु होस् : रिस कसैमाथि जाइ लाग्ने वा कसैलाई हानि नोक्सानी गर्ने मानसिक प्रतिक्रिया हो । रिसाएको व्यक्ति खतरनाक वा डरलाग्दो हुन्छ । रिस उठनाको मूल कारण निराशा हो । व्यक्ति आफ्नो चाहना पूर्ति गर्ने वा आफ्नो लक्ष्य प्राप्ति गर्ने कोसिसमा हुन्छ । लक्ष्यप्राप्तिमा कुनै बाधा उत्पन्न भएमा उसको चाहना पूर्ति हुन सक्दैन र निराशा आउँछ । निराशाले बाधकप्रति वा आफैप्रति रिस उत्पन्न गर्छ । अतः निराश भई रिसाएको व्यक्ति सर्वप्रथम बाधा हटाउन बाधकमाथि जाइ लाग्छ । यसरी जाइ लाग्दा पनि बाधा हट्न सकेन भने झन् अरु निराशा थपिन्छ र आफ्नै अयोग्यता वा असमर्थताप्रति आक्रोश उत्पन्न हुन्छ । यस्तो अवस्थामा व्यक्ति दुःखी र शोकातुर बन्छ । ऊ आफूले आफैलाई धिक्कार्दछ । आत्महत्या वा अन्य आफैलाई कष्ट दिने कार्य यस्तै व्यक्तिबाट भएको देखिन्छ । ईर्ष्या पनि रिस जस्तै अरुलाई हानि नोक्सानी गर्ने संवेग हो । ईर्ष्या कुनै व्यक्ति वा समूह विशेषप्रति गरिन्छ । ईर्ष्या दुई कारणले उत्पन्न हुन्छ । आफूले पाउनु पर्ने वा पाइ आएको सुविधा र हक कुनै अन्य व्यक्तिले पाउँदा आफू वञ्चित भएको महसुस गरेर पनि ईर्ष्या उत्पन्न हुन्छ । आफूले चाहेको कुरो अर्कैले पाउँदा पनि ईर्ष्या हुन्छ । ईर्ष्याको साधारण प्रतिक्रिया ईर्ष्या गरिएको व्यक्तिको कुभलो वा हानि नोक्सानी गर्न खोज्ने पनि हुन्छ । यसलाई आफ्नो विकासको काममा समेत लगाउन सकिन्छ । रिस खतरनाक र विनाशकारी हुने हुनाले यसको रचनात्मक उपयोग गर्न सकिँदैन तर ईर्ष्याको रचनात्मक उपयोग गर्न सकिन्छ ।
- 11.5
कुनै एक प्रश्नको उत्तर दिनु होस् : a) आफ्नो नव निर्मित घरमा टेलिफोन जडान गरि दिन अनुरोध गर्दै नेपाल टेलिकमको स्थानीय कार्यालयलाई सम्बोधन गरी लेखिने निवेदनको नमुना तयार पार्नु होस्। [5] b) औषधीय गुणयुक्त हिमाली वनस्पतिहरूको प्रयोग गरी उत्पादन गरिएको 'जडिबुटी चिया' को प्रचार प्रसारका लागि उत्पादक कम्पनीको तर्फबाट गरिने आकर्षक विज्ञापनको नमुना तयार पार्नु होस्। [5]
- 12.5
आफू अध्ययनरत विद्यालयको आयोजनामा सम्पन्न टोल सरसफाइ कार्यक्रमका सबै कुरा समेटी १५० शब्दसम्मको प्रतिवेदन लेख्नु होस् । (मानौँ: तपाईंको नाम सुमन हो र तपाईं अध्ययनरत विद्यालयको नाम गुरुकुल माध्यमिक विद्यालय हो ।) OR 'बढ्दो सवारी दुर्घटना' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नु होस् ।
- 13.10
१३. तल दिइएका मध्ये कुनै एक शीर्षकमा २५० शब्दसम्मको निबन्ध लेख्नु होस् : (क) मेरो देश: मेरो गौरव (ख) नेपालको जलसम्पदा (ग) खेलकुदको महत्त्व
- 14.10
'नालापानीमा' नाटकबाट प्रस्तुत गरिएको तलको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनु होस्: छोरा, नरो, अझ धैर्य गर, अरूलाई काँतर स्वर नसुना, जन्मभूमिको लाज बचा, जातिलाई छि: नभना ! मर्नै पर्दछ एक दिन निश्चय दुई दिनकै हो देह भने त्यसको ममता छोडि दे अमर यशले देश बना ! दु:खलाई नमान्, अपमान गरी आँसुलाई फिर्ता गरि दे, तेरो सहनशीलता देखी बल अझ बढ्ला भाइमा लाख गुना ! मेरो काखमा जति जति तैले तप तप रगत चुहाइस् यो, उति उति मातृऋण तिरेँ भनी पुत्र बरु सन्तोष मना !
प्रश्नहरू: a) माथिको नाट्यांशमा धर्तीले नेपाली वीरहरूलाई के कस्तो आह्वान गरेको छ ? [5] b) माथिको नाट्यांशका आधारमा 'नालापानीमा' नाटकमा अभिव्यक्त देशभक्तिको वर्णन गर्नु होस्। [5]
- 15.10
कुनै दुई प्रश्नको उत्तर दिनु होस् : a) तलको कवितांश पढी सोधिएका प्रश्नहरूको एक, दुई वाक्यमा उत्तर लेख्नु होस्: तिमी मेरो उत्पीडन बुझ्दैनौ म तिम्रो उत्पीडन बुझ्छु आऊ आज हामी उत्पीडनहरू साटासाट गरौँ हामी मानसिकताले एकाकार होऔँ हामी एक अर्काविना बाँच्न सक्ने प्राणी होइनौँ म तिम्रो हात दह्रो गरी समाउँछु तिमी मलाई तिमी पुगेको ठाउँसम्म पुऱ्याऊ त्यहाँ, जहाँ तिमीलाई मैले सभ्यताको आदि कालमा पुऱ्याइ सकेकी थिएँ।
प्रश्नहरू: i) यस कवितांशमा 'तिमी' र 'म' ले कस कसलाई सङ्केत गरेका छन् ? [5] ii) 'तिमी मेरो उत्पीडन बुझ्दैनौ' भनी कसलाई भनिएको हो ? [5]
— The End —