National Examinations Board (+2)
+2 Science (Class 11 and 12)
Class 11 · NEB 2076 (old course)
Course Title: नेपाली (Nepali) (Nep)
Full Marks: 100Pass Marks: 35Time: 3 hrs
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।
- 12.5
आफूले भ्रमण गरेको कुनै एउटा स्थलको विषय समेटी १५० शब्दसम्मको प्रतिवेदन लेख्नुहोस् । OR 'वैदेशिक रोजगारीका कारणबाट निम्तिएको पारिवारिक विखण्डन' विषयमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
- 13.10
तल दिइएका मध्ये कुनै एक शीर्षकमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : (क) कृषि व्यवसाय र नेपालको भविष्य (ख) शान्तिका दूत गौतम बुद्ध (ग) मेरो देश: मेरो स्वर्ग
- 14.10
तलको नाट्यांश पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : छोरो, नरो, अझ धैर्य गर, अरुलाई काँतर स्वर नसुना, जन्मभूमिको लाज बचा, जातिलाई छि: नभना ! मर्नै पर्दछ एक दिन निश्चय दुई दिनकै हो देह भने त्यसको ममता छोडि दे अमर यशले देश बना ! दु:खलाई नमान्, अपमान गरी आँसुलाई फिर्ता गरि दे, तेरो सहनशीलता देखी बल अझ बढ्ला भाइमा लाख गुना ! मेरो काखमा जति जति तैंले तप तप रगत चुहाइस् यो, उति उति मातृऋण तिरे भनी पुत्र बरु सन्तोष मना । प्रश्नहरू : (क) 'नालापानीमा' नाटकमा धरतीले नेपाली वीरहरूलाई के कस्तो आह्वान गरेको छ ? (ख) माथिको नाट्यांशका आधारमा 'नालापानीमा' नाटकमा अभिव्यक्त देशभक्तिको वर्णन गर्नुहोस् ।
- 15.10
कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : (क) तलको कवितांश पढी अन्त्यमा सोधिएका प्रश्नहरूको एक, दुई वाक्यमा उत्तर दिनुहोस् : आजको सत्तारुढ तिमी शताब्दी शताब्दी अघि 'भगदालु, ईर्ष्यालु वन मानुष तिमीलाई माया र सहअस्तित्वको अँगालोमा बाँधी आफ्नो ओडारको छानुमुनि भित्र्याएकी थिएँ । प्रश्नहरू : (अ) सत्तारुढ भन्नाले के बुझिन्छ ? (आ) 'भगदालु वन मानुष' भनेर कसलाई किन भनिएको होला ? (इ) सहअस्तित्वको अँगालो भन्नाले के बुझिन्छ ? (ई) ओडारको छानुमुनि भनेर के कुरालाई सङ्केत गरिएको होला ? (उ) माथिको कवितांशको आशय के हो ? (ख) तल दिइएको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नहरूको एक, दुई वाक्यमा उत्तर दिनुहोस् : "... शङ्कर ! यो क्या छोटाहरूको छिमेक रे । हामी दिदी आमाले भन्या । यहाँका छोटाहरूको सङ्गतले म बिग्रिएँ रे क्या ! त्यसैले हामी घर सरेको । ... हो साँच्चि, अब म आउँन्न । तिमी पनि नआउने हाम्रो घरमा ? ... उ : पर मधेसमा ।" प्रश्नहरू : (अ) यो भनाइ कसको हो ? (आ) यहाँ छोटा भनेर कसलाई भनिएको हो ? (इ) यो भनाइ कुन सन्दर्भमा आएको हो ? (ई) यस अनुच्छेदमा अभिव्यक्त विचारले के कुराको सङ्केत गर्दछ ? (उ) माथिको भनाइ कुन शीर्षकबाट लिइएको हो र यसका लेखक को हुन् ? (ग) तलको निबन्धांश पढी अन्त्यमा सोधिएका प्रश्नहरूको एक, दुई वाक्यमा उत्तर दिनुहोस् : भौतिक शरीरको सौन्दर्य जीवनको सम्पूर्णता होइन, मान्छेको मनचाहिँ कदापि कुरूप हुनु हुँदैन । सहरको स्पर्शले यस शरीरलाई कुरूप बनाए पनि मन भने तिमीले जस्तो बनाइदिएकी छौ त्यस्तै छ । त्यसैले त म यति पर बसेर पनि तिम्रै मायाले द्रवीभूत भएकी छु र यी प्रत्येक अक्षर अक्षरमा पग्लिँदै पग्लिँदै झरि रहेकी छु । प्रश्नहरू : (अ) भौतिक शरीरको सौन्दर्य जीवनको सम्पूर्णता होइन भन्नुको तात्पर्य के हो ? (आ) निबन्धकारका दृष्टिमा मान्छेलाई शरीर वा मन केले सुन्दर बनाउँछ र किन ? (इ) निबन्धकारको मन किन नफेरिएको होला ? (ई) निबन्धकारको सुनखानीप्रतिको माया कसरी पग्लिएको छ ? (उ) 'कदापि' र 'कुरूप' शब्दको अर्थ के हो ?
- 16.5
'खाद्य सङ्कट भनेको भात सङ्कट हो' भन्ने भनाइप्रति तपाईंको प्रतिक्रिया छ ? तर्क दिएर लेख्नुहोस् ।
- 1.5
टेलिभिजनमा स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि आयो त्यसैले उनीहरूले ध्यानपूर्वक हेरिरहेका थिए ।
(ख) तल दिइएका वाक्यहरूलाई वाच्य परिवर्तन गरी लेख्नुहोस् : म गाउँ जाँदै छु । गाउँमा म आमालाई भेट्छु । गाउँका रसिला सुन्तला र मेवा खान्छु । म आनन्दसँग गाउँमै बस्छु । के तपाईं पनि गाउँमा बस्नुभएको छ ? गाउँमा बस्नेहरू धेरै मिहिनेत गर्छन् । किसानले गाउँमा धान र गहुँ फलाएका छन् । म त गाउँमै रमाउँछु ।
(ग) तलका वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् : कविले कविता लेख्छन् । कवितामा समाज पनि हुन्छ । कवितामा शिक्षा हुन्छ । कवितामा मानवता हुन्छ ।
- 2.5
शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : वायु मण्डलामा रहेको वाष्प तरल पदार्थमा परिणत भयो । र पृथ्वीमा बर्षा शुरु भयो । भारि वर्षाका कारण पृथ्वीमा रहेका खाल्डा हरू पानीले भरिए ?
- 3.3
तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : घर फर्किएपछि मैले उनीहरूलाई महिनाको एक दुई चिठीका साथै केही टिकटहरू पनि पठाउन थालें । मलाई पनि दुबै चिठी लेख्थे तर आइमाई साथीको चिठीमा चाहिँ प्राय: मेरो चिठी पाइनँ भन्ने गुनासो हुन्थ्यो ।
- 4.2
तलको अनुच्छेदबाट दुई दुईओटा तत्सम र आगन्तुक शब्द खोजी लेख्नुहोस् : बाइसे राज्यका मानिसहरूले जीवन निर्वाहका लागि अंगालेको सबभन्दा प्रमुख पेसा नै कृषि थियो । जागिरका लागि अन्य कुनै बाटो पनि थिएन । पसल खोलेर बस्नेहरू पनि हुँदैनथे ।
- 5.6
कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : a) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द खोजी लेख्नुहोस् : आजभोलि सांस्कृतिक मूल्यमान्यताप्रतिको सोचमा निकै परिवर्तन आएको छ । गरिबी र स्वार्थीपनले सामाजिक भेदभावका घटना बढ्दै गएका छन् । वर्गीय विभेद चुलिँदै छ । अधिकार खोज्ने र कर्तव्य बिर्सनेहरूको सङ्ख्या अनगिन्ती छ । b) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द खोजी विग्रह गर्नुहोस् र तीनओटा द्वित्व शब्द खोजी निर्माण प्रक्रिया देखाउनुहोस् : ठुल्कान्छाले पञ्चरत्नका गरगहना लगाएर वायुपङ्खी घोडा चढी सरसामान बोकेर आकाशतिर उडिरहेको सपना देख्यो । त्यहाँ सबै घरघरमा बसेका रहेछन् । कामसाम केही नगरेर के खाएका होलान भनी ऊ चकित भएछ । सगरमाथाभन्दा कति माथि उडेको अनुभव उसलाई भएको थियो । केही छिनमै वारिपारि हेर्दै आनन्द लिएको बेला दोबाटोमा रहेको मन्दिरमा बजेको घण्टीको आवाजले उसको निद्रासिद्रा हरायो । c) तलको अनुच्छेदबाट छओटा सन्धियुक्त व्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नुहोस् : संसारमा सबैभन्दा महत्त्वका साथ हेरिएका कुराहरू धन र मन नै देखिएका छन् । धनले मानवता र सरसहयोग बढाउन मद्दत गरेमा सार्थक हुन्छ भने मनले पवित्र पनको अनुभव गर्न सक्नुपर्छ । मानवको उत्पत्तिदेखि अहिलेसम्म यताउता जसरी सोचे पनि कामसाम नगरी खान खोज्ने भुसतिघ्रेहरूलाई गाउँगाउँबाट सचेत गराउनु आवश्यक देखिन्छ । आजभोलि त धन भनेपछि महादेवका त्रिनेत्र खुल्छन् भन्ने गर्दछन् ।
- 6.5
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : a) तल दिइएका एक वचनका वाक्यहरूलाई वाक्य ढाँचासहित बहु वचनमा परिवर्तन गर्नुहोस् : मेरी बहिनी विद्यालय जान्छिन् । उनी जाँदा भाइलाई पनि साथै लिएर जान्छिन् । गुरुले उनलाई विद्यालयमा ज्ञानगुनका कुराहरू सिकाउनुहुन्छ । उनी भविष्यमा महान् नागरिक बन्नेछिन् । म पनि उनलाई सघाउँछु । b) तल दिइएका वाक्यहरूलाई इच्छार्थमा परिवर्तन गरी लेख्नुहोस् : नेपालीहरू देशको विकास गर्छन् । विश्वमा हामीहरूको नाम चम्किन्छ । सन्ततिहरूले सुखको सास फेर्छन् । पराईले हाम्रो सम्मान गर्छन् । पुर्खाको बलिदानले पनि सार्थकता पाउँछ ।
- 7.6
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : a) 'ले', 'लाई', 'बाट', 'द्वारा', 'देखि' तथा 'मा' विभक्ति लागेका र भिन्न भिन्न कारकको प्रयोग भएका छओटा वाक्यमा आफ्नो बाल्यकालको वर्णन गर्नुहोस् । b) तलको अनुच्छेदका वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् : सङ्गीता घर गयो । उनीहरू आफ्नी आमालाई घरको काममा सघाउँछ । कविहरूले देश विकासको बारेमा कविता सुनायो । तपाईंहरू पनि कविता लेख्छस् । हाम्रो देशको वातावरण कवितामय बनुन् । मलाई त कविता लेख्न अति नै मनपर्छ ।
- 8.8
कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : a) तलका चारओटा जटिल वाक्यलाई आठओटा सरल वाक्यमा परिवर्तन गर्नुहोस् : किसानले बारी खन्यो अनि साग र काउली रोप्यो । बजारमा बेच्न लग्यो र आम्दानी गर्यो । घरमा टेलिभिजन र फोन पनि राख्यो किनभने उनीहरूलाई रहर लागेको थियो ।
- 9.10
तलको अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : बाइसे राज्यका मानिसहरूले जीवन निर्वाहका लागि अँगालेको सबभन्दा प्रमुख पेसा कृषि नै थियो । तिनको राजस्वको प्रमुख आधार क्षेत्र पनि कृषि नै थियो । त्यतिबेला अन्तर राज्य व्यापारमा कृषिकै अग्रणी स्थान थियो अनि खाद्य र पेय पदार्थ तथा वस्त्रको आवश्यकतासमेत कृषि क्षेत्रबाट नै पूर्ति हुन्थ्यो । त्यति बेला आर्थिक जीवनको मेरुदण्ड कृषियोग्य भूमि नै मानिन्थ्यो भने भूस्वामित्व नै सामाजिक प्रतिष्ठाको मानदण्ड थियो । कर्णाली, राप्ती, भेरी, सेती, महाकाली र तिनका अनगन्ती सहायक नदी तथा खोलानालाहरूले कर्णाली प्रदेशलाई सिञ्चित गरेका छन् । यो प्रदेश अधिकांश अग्ला पहाड र हिमाली शृङ्खलाले परिवेष्टित छ र कृषियोग्य उर्वर तथा समथर भूमिको प्रतिशत यहाँ अत्यन्त न्यून देखिन्छ । अहिले यहाँको पहाडी र हिमाली भेगमा व्यापक गरिबी विद्यमान छ तापनि मध्य कालमा जन आबादी पातलो भएकाले मानिसहरूलाई परिश्रम गरेपछि पेट पाल्न समस्या थिएन । त्यसमा पनि सिँजा, दाङ, सुर्खेत र दिपायलजस्ता उपत्यकाहरू अन्नका भण्डार मानिन्थे । बाइसे राज्यका कृषि उत्पादनमा धान, मकै, कोदो, गहुँ, उखु, कपास, तेलहन, जौ, फापर, कागुनो आदि थिए । जुम्ला भेगमा हिउँ पर्ने हुनाले उखु, कोदो र चनाजस्ता हिउँदे बाली हुँदैनथे । तराई र पहाडी प्रदेशमा हुने जातको धान खेती पनि जुम्लामा सम्भव थिएन । परापूर्व कालमा सिद्ध चन्दन नाथले काश्मीरबाट कृष्णशाली (कालो मार्सी) धानको बिउ मगाएर जुम्लामा धानको खेती गर्न सिकाएका थिए भन्ने स्थानीय मानिसको विश्वास छ । अहिले पनि जुम्लाको भेगको ठन्डा हावापानीका लागि उपयुक्त देखिएकाले यही धानको खेती गरिन्छ । अभिलेखहरूमा आलो, आलिका, टालो, स्वाँरो आदि खेतबारीका किसिम जनाउने शब्दहरूको उल्लेख पाइन्छ । धान रोप्ने खेतलाई आलो अथवा आलिका भनिन्थ्यो । अहिले पनि धान रोप्ने खेतमा पानी जमाउन बनाइएको डिललाई आली भनिन्छ । जुम्लातिर धानखेतलाई जिउला भनिन्छ । पाखो जग्गाको टुक्रालाई टालो भन्ने गरिएको बुझिन्छ । पाखो खेती गर्न गाह्रो बनाइएको पखेरो जग्गालाई स्वाँरो भनिन्छ । जमिन जोत्न हल गोरुको प्रयोग गरिन्छ । हिमाली भेगमा ज्यादै साना सुर्को भएको बारीमा एउटा मात्र गोरुले जोत्ने गरेको अद्यापि देख्न पाइन्छ । बाइसे राज्य कालमा किसानहरू बालीनाली राम्रो होस् र कुनै अनिष्ट आइ नलागोस् भनी कुलायन मस्तो (ग्रामपाल, क्षेत्रपाल), भुँयार (भूमि देवता), भगवती (अन्नपूर्णा, कालिका, मालिका आदि) को पूजाआजा गर्थे । देवता कुपित भएमा अनावृष्टि, अतिवृष्टि, असिना आदिको प्रकोपद्वारा खेतीबाली नष्ट हुने विश्वास थियो । खेतीबालीमा रोग नलागोस् भनी भदौ महिनामा एक दिन कुलोको पानी बन्द गरी खेतमा लिङ्गो गाडी पूजा गरेर ‘हरोलो’ गर्ने चलन यहाँ पहिलेदेखि नै चलेको बुझिन्छ । नयाँ धान प्राप्त भएपछि मङ्सिर महिनाको शुभदिन पारी देवी देवतालाई खिर, रोटी र हविष्य अर्पण गरेर मात्र न्वागी ग्रहण गर्ने चलन पनि परम्परागत रूपमा चलिआएको पाइन्छ ।
प्रश्नहरू : (क) बाइसे राज्यका मानिसहरूको जीवनयापनको प्रमुख माध्यम के थियो ? (ख) कर्णाली प्रदेशमा बाइसे राज्यकालीन समयदेखि अहिलेसम्म पनि जीवनस्तरमा खासै परिवर्तन आउन नसकेको किन होला ? (ग) कर्णाली प्रदेशमा मार्सी धान मात्र लगाउनुको कारण के हुनसक्छ ? (घ) बाइसे राज्य कालका किसानहरूले कृषि उत्पादन बढाउनका लागि के कस्ता कार्यहरू गरेका थिए ? (ङ) ‘भूस्वामित्व’ र ‘कुपित’ शब्दको अर्थ लेख्नुहोस् ।
- 10.5
तलको अनुच्छेदलाई एक तृतीयांशमा सङ्क्षेपीकरण गर्नुहोस् : राज्य सञ्चालन प्रक्रियालाई लैङ्गिक समानतामूलक बनाउन महिला सहभागिता अनिवार्य हुन्छ । आधाभन्दा बढी जनसङ्ख्या हुँदा पनि राज्य सञ्चालनमा महिलाको सहभागिता अत्यन्त न्यून छ । मुलुकले जतिबेला आशा गरे अनुसार विकास गर्न नसक्नुमा यो मुख्य कारण रहँदै आएको छ । राज्य सञ्चालनका सबै तहमा हुने राजनीतिक निर्णय प्रक्रियामा महिलालाई अनिवार्य रूपमा सहभागी नगराएसम्म राज्यले चाहिने मात्रामा गति लिन सक्दैन । सुशासन कायम हुने कुरा त असम्भव नै हुन्छ । राजनीतिक प्रक्रियामा सहभागी हुनु नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो । लोकतन्त्रको मुटु नै नागरिकको सक्रिय सहभागिता हो । राजनीतिक क्रियाकलापमा महिला सहभागिता अझ बढी आवश्यक छ । यसका लागि पर्याप्त ज्ञान र सिपसहितको सूचना आवश्यक हुन्छ ।
- 11.5
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) तपाईंले नियमित रूपमा पढ्ने पत्रिकामा छापिएको कुनै सामग्रीका सम्बन्धमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै सम्पादकलाई चिठी लेख्नुहोस् ।
— The End —