Nep नेपाली (Nepali)

नेपाली (Nepali) NEB 2076 (old course) question paper

7 questions · 7 with worked answersSit this paper (timed)

National Examinations Board (+2)

+2 Management (Class 11 and 12)

Class 11 · NEB 2076 (old course)

Course Title: नेपाली (Nepali) (Nep)

Full Marks: 100Pass Marks: 35Time: 3 hrs

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।

  1. 12.

    आफूले भ्रमण गरेको कुनै एउटा स्थलको विषय समेटी १५० शब्दसम्मको प्रतिवेदन लेख्नुहोस् । OR 'वैदेशिक रोजगारीका कारणबाट निम्तिएको पारिवारिक विखण्डन' विषयमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।

    5
  2. 3.

    तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : घर फर्किएपछि मैले उनीहरूलाई महिनाको एक दुई चिठीका साथै केही टिकटहरू पनि पठाउन थालें । मलाई पनि दुबै चिठी लेख्थे तर आइमाई साथीको चिठीमा चाहिँ प्राय: मेरो चिठी पाइनँ भन्ने गुनासो हुन्थ्यो ।

    3
  3. 5.

    कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : a) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द खोजी लेख्नुहोस् : आजभोलि सांस्कृतिक मूल्यमान्यताप्रतिको सोचमा निकै परिवर्तन आएको छ । गरिबी र स्वार्थीपनले सामाजिक भेदभावका घटना बढ्दै गएका छन् । वर्गीय विभेद चुलिँदै छ । अधिकार खोज्ने र कर्तव्य बिर्सनेहरूको सङ्ख्या अनगिन्ती छ । b) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द खोजी विग्रह गर्नुहोस् र तीनओटा द्वित्व शब्द खोजी निर्माण प्रक्रिया देखाउनुहोस् : ठुल्कान्छाले पञ्चरत्नका गरगहना लगाएर वायुपङ्खी घोडा चढी सरसामान बोकेर आकाशतिर उडिरहेको सपना देख्यो । त्यहाँ सबै घरघरमा बसेका रहेछन् । कामसाम केही नगरेर के खाएका होलान भनी ऊ चकित भएछ । सगरमाथाभन्दा कति माथि उडेको अनुभव उसलाई भएको थियो । केही छिनमै वारिपारि हेर्दै आनन्द लिएको बेला दोबाटोमा रहेको मन्दिरमा बजेको घण्टीको आवाजले उसको निद्रासिद्रा हरायो । c) तलको अनुच्छेदबाट छओटा सन्धियुक्त व्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नुहोस् : संसारमा सबैभन्दा महत्त्वका साथ हेरिएका कुराहरू धन र मन नै देखिएका छन् । धनले मानवता र सरसहयोग बढाउन मद्दत गरेमा सार्थक हुन्छ भने मनले पवित्र पनको अनुभव गर्न सक्नुपर्छ । मानवको उत्पत्तिदेखि अहिलेसम्म यताउता जसरी सोचे पनि कामसाम नगरी खान खोज्ने भुसतिघ्रेहरूलाई गाउँगाउँबाट सचेत गराउनु आवश्यक देखिन्छ । आजभोलि त धन भनेपछि महादेवका त्रिनेत्र खुल्छन् भन्ने गर्दछन् ।

    6
  4. 6.

    कुनै एक प्रश्नको उत्तर दिनुहोस् : a) तल दिइएका एक वचनका वाक्यहरूलाई वाक्य ढाँचासहित बहु वचनमा परिवर्तन गर्नुहोस् : मेरी बहिनी विद्यालय जान्छिन् । उनी जाँदा भाइलाई पनि साथै लिएर जान्छिन् । गुरुले उनलाई विद्यालयमा ज्ञानगुनका कुराहरू सिकाउनुहुन्छ । उनी भविष्यमा महान् नागरिक बन्नेछिन् । म पनि उनलाई सघाउँछु । b) तल दिइएका वाक्यहरूलाई इच्छार्थमा परिवर्तन गरी लेख्नुहोस् : नेपालीहरू देशको विकास गर्छन् । विश्वमा हामीहरूको नाम चम्किन्छ । सन्ततिहरूले सुखको सास फेर्छन् । पराईले हाम्रो सम्मान गर्छन् । पुर्खाको बलिदानले पनि सार्थकता पाउँछ ।

    5
  5. 7.

    कुनै एक प्रश्नको उत्तर दिनुहोस् : a) 'ले', 'लाई', 'बाट', 'द्वारा', 'देखि' तथा 'मा' विभक्ति लागेका र भिन्न भिन्न कारकको प्रयोग भएका छओटा वाक्यमा आफ्नो बाल्यकालको वर्णन गर्नुहोस् । b) तलको अनुच्छेदका वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् : सङ्गीता घर गयो । उनीहरू आफ्नी आमालाई घरको काममा सघाउँछ । कविहरूले देश विकासको बारेमा कविता सुनायो । तपाईंहरू पनि कविता लेख्छस् । हाम्रो देशको वातावरण कवितामय बनुन् । मलाई त कविता लेख्न अति नै मनपर्छ ।

    6
  6. 8.

    कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : a) तलका चारओटा जटिल वाक्यलाई आठओटा सरल वाक्यमा परिवर्तन गर्नुहोस् : किसानले बारी खन्यो अनि साग र काउली रोप्यो । बजारमा बेच्न लग्यो र आम्दानी गर्यो । घरमा टेलिभिजन र फोन पनि राख्यो किनभने उनीहरूलाई रहर लागेको थियो ।

    8
  7. 9.

    तलको अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : बाइसे राज्यका मानिसहरूले जीवन निर्वाहका लागि अँगालेको सबभन्दा प्रमुख पेसा कृषि नै थियो । तिनको राजस्वको प्रमुख आधार क्षेत्र पनि कृषि नै थियो । त्यतिबेला अन्तर राज्य व्यापारमा कृषिकै अग्रणी स्थान थियो अनि खाद्य र पेय पदार्थ तथा वस्त्रको आवश्यकतासमेत कृषि क्षेत्रबाट नै पूर्ति हुन्थ्यो । त्यति बेला आर्थिक जीवनको मेरुदण्ड कृषियोग्य भूमि नै मानिन्थ्यो भने भूस्वामित्व नै सामाजिक प्रतिष्ठाको मानदण्ड थियो । कर्णाली, राप्ती, भेरी, सेती, महाकाली र तिनका अनगन्ती सहायक नदी तथा खोलानालाहरूले कर्णाली प्रदेशलाई सिञ्चित गरेका छन् । यो प्रदेश अधिकांश अग्ला पहाड र हिमाली शृङ्खलाले परिवेष्टित छ र कृषियोग्य उर्वर तथा समथर भूमिको प्रतिशत यहाँ अत्यन्त न्यून देखिन्छ । अहिले यहाँको पहाडी र हिमाली भेगमा व्यापक गरिबी विद्यमान छ तापनि मध्य कालमा जन आबादी पातलो भएकाले मानिसहरूलाई परिश्रम गरेपछि पेट पाल्न समस्या थिएन । त्यसमा पनि सिँजा, दाङ, सुर्खेत र दिपायलजस्ता उपत्यकाहरू अन्नका भण्डार मानिन्थे । बाइसे राज्यका कृषि उत्पादनमा धान, मकै, कोदो, गहुँ, उखु, कपास, तेलहन, जौ, फापर, कागुनो आदि थिए । जुम्ला भेगमा हिउँ पर्ने हुनाले उखु, कोदो र चनाजस्ता हिउँदे बाली हुँदैनथे । तराई र पहाडी प्रदेशमा हुने जातको धान खेती पनि जुम्लामा सम्भव थिएन । परापूर्व कालमा सिद्ध चन्दन नाथले काश्मीरबाट कृष्णशाली (कालो मार्सी) धानको बिउ मगाएर जुम्लामा धानको खेती गर्न सिकाएका थिए भन्ने स्थानीय मानिसको विश्वास छ । अहिले पनि जुम्लाको भेगको ठन्डा हावापानीका लागि उपयुक्त देखिएकाले यही धानको खेती गरिन्छ । अभिलेखहरूमा आलो, आलिका, टालो, स्वाँरो आदि खेतबारीका किसिम जनाउने शब्दहरूको उल्लेख पाइन्छ । धान रोप्ने खेतलाई आलो अथवा आलिका भनिन्थ्यो । अहिले पनि धान रोप्ने खेतमा पानी जमाउन बनाइएको डिललाई आली भनिन्छ । जुम्लातिर धानखेतलाई जिउला भनिन्छ । पाखो जग्गाको टुक्रालाई टालो भन्ने गरिएको बुझिन्छ । पाखो खेती गर्न गाह्रो बनाइएको पखेरो जग्गालाई स्वाँरो भनिन्छ । जमिन जोत्न हल गोरुको प्रयोग गरिन्छ । हिमाली भेगमा ज्यादै साना सुर्को भएको बारीमा एउटा मात्र गोरुले जोत्ने गरेको अद्यापि देख्न पाइन्छ । बाइसे राज्य कालमा किसानहरू बालीनाली राम्रो होस् र कुनै अनिष्ट आइ नलागोस् भनी कुलायन मस्तो (ग्रामपाल, क्षेत्रपाल), भुँयार (भूमि देवता), भगवती (अन्नपूर्णा, कालिका, मालिका आदि) को पूजाआजा गर्थे । देवता कुपित भएमा अनावृष्टि, अतिवृष्टि, असिना आदिको प्रकोपद्वारा खेतीबाली नष्ट हुने विश्वास थियो । खेतीबालीमा रोग नलागोस् भनी भदौ महिनामा एक दिन कुलोको पानी बन्द गरी खेतमा लिङ्गो गाडी पूजा गरेर ‘हरोलो’ गर्ने चलन यहाँ पहिलेदेखि नै चलेको बुझिन्छ । नयाँ धान प्राप्त भएपछि मङ्सिर महिनाको शुभदिन पारी देवी देवतालाई खिर, रोटी र हविष्य अर्पण गरेर मात्र न्वागी ग्रहण गर्ने चलन पनि परम्परागत रूपमा चलिआएको पाइन्छ ।

    प्रश्नहरू : (क) बाइसे राज्यका मानिसहरूको जीवनयापनको प्रमुख माध्यम के थियो ? (ख) कर्णाली प्रदेशमा बाइसे राज्यकालीन समयदेखि अहिलेसम्म पनि जीवनस्तरमा खासै परिवर्तन आउन नसकेको किन होला ? (ग) कर्णाली प्रदेशमा मार्सी धान मात्र लगाउनुको कारण के हुनसक्छ ? (घ) बाइसे राज्य कालका किसानहरूले कृषि उत्पादन बढाउनका लागि के कस्ता कार्यहरू गरेका थिए ? (ङ) ‘भूस्वामित्व’ र ‘कुपित’ शब्दको अर्थ लेख्नुहोस् ।

    10

— The End —