Nep नेपाली (Nepali)

नेपाली (Nepali) NEB 2076 (old course) question paper

15 questions · 15 with worked answersSit this paper (timed)

National Examinations Board (+2)

+2 Management (Class 11 and 12)

Class 11 · NEB 2076 (old course)

Course Title: नेपाली (Nepali) (Nep)

Full Marks: 100Pass Marks: 35Time: 3 hrs

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ।

  1. 12.

    (ख) तलका सरल वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नु होस् : ज्ञानहरि देश विदेश डुलेका छन् । उनले सुखदु:ख बुझेका छन् । उनका जेठा छोराको विवाह छ । निमन्त्रणा पत्र आएको छ ।

    (ग) आवश्यक कुरा थपघट गरेर तलका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्: मानिस जातले नभई दिलले ठूलो हुने कुरा देवकोटाले गरेका छन् । दाजुले भाइलाई घर कहिले जान्छौ भनी प्रश्न सोध्नुभयो । राम्ररी पढ्नु पर्ने कुरा हामीलाई शिक्षकले बताउनु भएको छ । बुबाले असल मान्छेले सम्मान पाउने कुरा भन्नु भयो ।

    5
  2. 13.

    तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनु होस् : आम सञ्चार क्षेत्रले बेहोर्नु परेका कठिनाइ, झमेला र समस्या बग्रेल्ती छन् । लोकतान्त्रिक प्रणाली र गणतन्त्र नेपालको यस यात्रामा जस्ता सुकै अप्ठ्यारा आए पनि निर्भीकता साथ अघि बढ्ने प्रवृत्ति रहेकाले नै आम सञ्चारले राष्ट्रभित्र मात्रै होइन, बाह्य मुलुकबाट समेत निकै प्रशंसा बटुलेको छ । पत्रकारिताको विकासका दृष्टिले निश्चय नै विगतका तुलनामा फड्को मार्दै बढिरहेको अवस्था छ तर कमी कमजोरी मेटिन नसकेको तितो सत्य पनि रहेकै छ । विशेषतः राष्ट्रिय मामिलामा आम सञ्चारको एउटै दृष्टिकोण अंगाल्ने परिपाटी नहुनु पीडादायी विषय हो । अन्य मुलुकका पत्रकारिताको मूल्याङ्कन गर्दा राष्ट्रिय स्वार्थ र राष्ट्रियताको विषयमा अलिकति पनि तल, माथि परेको देखिँदैन । त्यहाँ राष्ट्रिय सन्दर्भमा प्रत्येक सञ्चारगृहले एउटै प्रवृत्ति अंगाल्दै आएका छन् । राष्ट्रिय मूल्य मान्यता तथा वैदेशिक नीतिलाई सबै सञ्चारमाध्यमहरूले एकै धारणासाथ सम्प्रेषण गरेका खण्डमा मुलुकभित्र राष्ट्रियता संवर्धन, प्रवर्धनतर्फ ठूलो योगदान पुग्नेछ र अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालप्रतिको दृष्टिकोण बनाउन गाह्रो पर्ने छैन । कतिपय सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्दा स्रोत उल्लेख नगर्नाले भ्रम फैलने गरेको विसङ्गति त छँदै छ साथै समाचारमा निजी विचार समेत घुसाइ दिने प्रवृत्तिले स्वच्छ, निष्पक्ष पत्रकारिताको विकासमा तगारो तेर्स्याउँदै आइरहेको छ । संवैधानिक मूल्य, मान्यता, आमसञ्चारका सिद्धान्त, पत्रकार आचार संहिता आदिको सही रुपमा पालना हुन नसकिरहेको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ ।

    प्रश्नहरू: (क) आम सञ्चारले प्रशंसा पाउनुको कारण के हो ? (ख) लेखकले कुन कुरालाई पीडादायी भनेका छन् ? (ग) विदेशी र स्वदेशी पत्रकारितामा देखिएको मूलभूत भिन्नता के हो ? (घ) निष्पक्ष पत्रकारिताका लागि गर्नुपर्ने कार्य के हुन् ? (ङ) 'तितो सत्य' र 'तगारो तेर्स्याउनु' पदावलीको आशय के हो ?

    10
  3. 1.

    (ख) तलका सरल वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नु होस् : ज्ञानहरि देश विदेश डुलेका छन्। उनले सुखदु:ख बुझेका छन्। उनका जेठा छोराको विवाह छ। निमन्त्रणा पत्र आएको छ।

    (ग) आवश्यक कुरा थपघट गरेर तलका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्: मानिस जातले नभई दिलले ठूलो हुने कुरा देवकोटाले गरेका छन्। दाजुले भाइलाई घर कहिले जान्छौ भनी प्रश्न सोध्नुभयो। राम्ररी पढ्नु पर्ने कुरा हामीलाई शिक्षकले बताउनु भएको छ। बुबाले असल मान्छेले सम्मान पाउने कुरा भन्नु भयो।

    5
  4. 2.

    तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनु होस् : आम सञ्चार क्षेत्रले बेहोर्नु परेका कठिनाइ, झमेला र समस्या बग्रेल्ती छन्। लोकतान्त्रिक प्रणाली र गणतन्त्र नेपालको यस यात्रामा जस्ता सुकै अप्ठ्यारा आए पनि निर्भीकता साथ अघि बढ्ने प्रवृत्ति रहेकाले नै आम सञ्चारले राष्ट्रभित्र मात्रै होइन, बाह्य मुलुकबाट समेत निकै प्रशंसा बटुलेको छ। पत्रकारिताको विकासका दृष्टिले निश्चय नै विगतका तुलनामा फड्को मार्दै बढिरहेको अवस्था छ तर कमी कमजोरी मेटिन नसकेको तितो सत्य पनि रहेकै छ। विशेषतः राष्ट्रिय मामिलामा आम सञ्चारको एउटै दृष्टिकोण अँगाल्ने परिपाटी नहुनु पीडादायी विषय हो। अन्य मुलुकका पत्रकारिताको मूल्याङ्कन गर्दा राष्ट्रिय स्वार्थ र राष्ट्रियताका विषयमा अलिकति पनि तल, माथि परेको देखिंदैन। त्यहाँ राष्ट्रिय सन्दर्भमा प्रत्येक सञ्चारगृहले एउटै प्रवृत्ति अँगाल्दै आएका छन्। राष्ट्रिय मूल्य मान्यता तथा वैदेशिक नीतिलाई सबै सञ्चारमाध्यमहरूले एकै धारणासाथ सम्प्रेषण गरेका खण्डमा मुलुकभित्र राष्ट्रियता संवर्धन, प्रवर्धनतर्फ ठूलो योगदान पुग्नेछ र अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालप्रतिको दृष्टिकोण बनाउन गाह्रो पर्ने छैन। कतिपय सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्दा स्रोत उल्लेख नगर्नाले भ्रम फैलने गरेको विसङ्गति त छँदै छ साथै समाचारमा निजी विचार समेत घुसाइ दिने प्रवृत्तिले स्वच्छ, निष्पक्ष पत्रकारिताको विकासमा तगारो तेर्स्याउँदै आइरहेको छ। संवैधानिक मूल्य, मान्यता, आमसञ्चारका सिद्धान्त, पत्रकार आचार संहिता आदिको सही रुपमा पालना हुन नसकिरहेको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ।

    प्रश्नहरू: (क) आम सञ्चारले प्रशंसा पाउनुको कारण के हो ? (ख) लेखकले कुन कुरालाई पीडादायी भनेका छन् ? (ग) विदेशी र स्वदेशी पत्रकारितामा देखिएको मूलभूत भिन्नता के हो ? (घ) निष्पक्ष पत्रकारिताका लागि गर्नु पर्ने कार्य के हुन् ? (ङ) ‘तितो सत्य’ र ‘तगारो तेर्स्याउनु’ पदावलीको आशय के हो ?

    10
  5. 3.

    तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नु होस् : सानीले भाइलाई <u>भनी</u>; पृथ्वी गोलो छ <u>भनी</u> वैज्ञानिकहरूले भनेका छन्; <u>त्यसैले</u> पो <u>हाम्रो</u> पुस्तकभित्र पनि यिनै कुरा लेखिएका छन् ।

    3
  6. 4.

    (ख) तलको अनुच्छेदबाट तिन समस्त शब्द र तिन द्वित्व व्युत्पन्न शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नु होस् र द्वित्व व्युत्पन्न शब्दको निर्माण प्रक्रिया देखाउनु होस् : गरगहना लगाई भोजभतेरमा जानु स्वाभाविक हो। नरनारीबिच भैझगडा नगर्नु, काममा मरमद्दत गर्नु र सुखदु:खमा साथ सहयोग दिनु मानवीय चिनारी हो। पञ्चामृत भएको कचौरामा भातसात पर्न नदिई सूर्यतिर हेरेर उहाँले कञ्चनजङ्घा हिमालको झझल्को मेटिने गरी दर्शन गर्नु भयो।

    (ग) तलको अनुच्छेदबाट छ वटा सन्धियुक्त व्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नु होस्: महोदय, नमस्कार भन्दै रमेशले उमेशलाई सूर्योदयसँगै अभिवादन गर्यो। आफ्नो उपन्यासका परिच्छेदमा भएका अत्यावश्यक र अनावश्यक कुराको कटान गर्न लगायो। प्रत्येक पाठबाट मौलिक, स्वागतयोग्य र मनोहर विषयलाई भने उसले सम्मान नै गर्यो।

    2
  7. 5.

    कुनै दुई प्रश्नको उत्तर दिनु होस् : (क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एकएक शब्द बनाउनु होस्: उपसर्ग: आ, प्रति, बे प्रत्यय: अन्ते, इक, ति । (ख) तलको अनुच्छेदबाट तिन समस्त शब्द र तिन द्वित्व व्युत्पन्न शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नु होस् र द्वित्व व्युत्पन्न शब्दको निर्माण प्रक्रिया देखाउनु होस् : गरगहना लगाई भोजभतेरमा जानु स्वाभाविक हो । नरनारीबिच भैझगडा नगर्नु, काममा मरमद्दत गर्नु र सुखदुःखमा साथ सहयोग दिनु मानवीय चिनारी हो । पञ्चामृत भएको कचौरामा भातसात पर्न नदिई सूर्यतिर हेरेर उहाँले कञ्चनजङ्घा हिमालको झझल्को मेटिने गरी दर्शन गर्नु भयो । (ग) तलको अनुच्छेदबाट छ वटा सन्धियुक्त व्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नु होस्: महोदय, नमस्कार भन्दै रमेशले उमेशलाई सूर्योदयसँगै अभिवादन गर्यो । आफ्नो उपन्यासका परिच्छेदमा भएका अत्यावश्यक र अनावश्यक कुराको कटान गर्न लगायो । प्रत्येक पाठबाट मौलिक, स्वागतयोग्य र मनोहर विषयलाई भने उसले सम्मान नै गर्यो ।

    6
  8. 6.

    कुनै एक प्रश्नको उत्तर दिनु होस् : (क) तलको अनुच्छेदका वाक्यहरूलाई आवश्यक सुधार सहित प्रथम पुरुषमा परिवर्तन गर्नु होस्: ऊ समाजसेवी हो । उसलाई अरूको काम गर्न आनन्द आउँछ । उसले जीवनलाई बुझेको छ । उसका साथीहरू पनि परोपकारमा रमाउँछन् । उनीहरू मिलेर कार्य गर्छन् । (ख) तलको अनुच्छेदका वाक्यहरूलाई आवश्यक सुधार सहित सामान्य वर्तमानमा परिवर्तन गर्नु होस् : तिमी बिहानी उठ्यौ । तिमीले व्यायाम गर्यौ । तिमीले बहिनीलाई गृहकार्य गरायौ । बहिनी खुसी भई तिमीहरू रमाई रमाई पढ्न गयौ ।

    5
  9. 7.

    कुनै एक प्रश्नको उत्तर दिनु होस् : (क) 'ले', 'लाई', 'बाट', 'द्वारा', 'देखि' तथा 'मा' विभक्ति लागेका र भिन्नभिन्न कारकको प्रयोग भएका छ वटा वाक्यमा आफूले पढेको कुनै किताबका बारेमा वर्णन गर्नु होस् । (ख) तलको अनुच्छेदका वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नु होस् : तपाई गाउँबाट कहिले आउँछ ? आउँदा मलाई गाउँका ताजा तरकारी ल्याइ दिएस् । तँ र म सँगै बसूँला । मेरो भाउजू आउनु होली । उनले लेखेको कविताहरू सुन्लास् । त्यो कविताहरू सुनेर सबै मान्छे रमाउनेछ ।

    6
  10. 8.

    कुनै दुई प्रश्नको उत्तर दिनु होस् : (क) तलका आठ वटा सरल वाक्यलाई चार वटा जटिल वाक्यमा परिवर्तन गर्नु होस्: हामी विद्यार्थी हौँ । हामीले पढ्नु पर्छ । हामी राम्रो पढ्छौँ । हाम्रा अभिभावक खुसी हुनु हुन्छ । हामीले समाजसेवा गर्नु पर्छ । हामीले प्रसिद्धि कमाउँछौँ । हामी स्वार्थी हुनु हुँदैन । हाम्रो जीवन छोटो छ ।

    8
  11. 10.

    तलको अनुच्छेदलाई एक तृतीयांशमा सङ्क्षेपीकरण गर्नु होस् : राज्य सञ्चालन प्रक्रियालाई लैङ्गिक समतामूलक बनाउन महिला सहभागिता अनिवार्य हुन्छ। आधा भन्दा केही कम जनसङ्ख्या हुँदा पनि राज्य सञ्चालनमा महिलाको सहभागिता अत्यन्त न्यून छ। मुलुकले यति बेला आशा गरे अनुसार विकास गर्न नसक्नुमा यो मुख्य कारण रहँदै आएको छ। राज्य सञ्चालनका सबै तहमा हुने राजनीतिक निर्णय प्रक्रियामा महिलालाई अनिवार्य रुपमा सहभागी नगराएसम्म राज्यले चाहिने मात्रामा गति लिन सक्दैन। सुशासन कायम हुने कुरा त असम्भव नै हुन्छ। राजनीतिक प्रक्रियामा सहभागी हुनु नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो। लोकतन्त्रको मुटु नै नागरिकको सक्रिय सहभागिता हो। राजनीतिक क्रियाकलापमा महिला सहभागिता अझ बढी आवश्यक छ। यसका लागि पर्याप्त ज्ञान र सिप सहितको सक्रियता आवश्यक हुन्छ। राज्यले बनाउने नीति, नियम र निर्णय प्रक्रियामा महिलालाई सहभागी गराउनु पर्दछ। निश्चित समयका लागि राज्य सञ्चालनमा महिला आरक्षणको व्यवस्था गरी स्रोत र साधनमा महिलाको पहुँचलाई सुनिश्चित गरिनु पर्दछ।

    5
  12. 11.

    कुनै एक प्रश्नको उत्तर दिनु होस् : (क) नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधिहरू सरकारी स्वास्थ्य संस्थामा उपलब्ध नभएको समस्या अवगत गराउँदै गोरखापत्र राष्ट्रिय दैनिकका सम्पादकलाई चिठी लेख्नु होस्। OR (ख) निर्मल मा.वि.ले नयाँ विद्यार्थी भर्नाका लागि निकाल्ने सूचनाको नमुना तयार गर्नु होस्।

    5
  13. 14.

    ‘एक चिहान’ उपन्यासको तलको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनु होस्: भाइ बहिनीहरूको व्यवहार सिद्धई हलुङ्गो भएको साथसाथै असार पनि राम्रो भएको हुनाले शिवनारायण त अत्याधिक खुसी छन्। रोपाइँ सिद्धिएदेखि शिवनारायण अहर्निश खेतैमा रहेका थिए। खेतमा मिहिनेत गरेअनुसार सफलताका चिन्हहरू पनि देखा पर्न थालि सकेका छन्। धानका बिरुवाहरू निकै सप्रिएका छन्। शिवनारान निश्वक्क रुझेर पनि खेतमा काम गरि रहन्थे । किसानकी छोरी भएर पनि उनकी स्वास्नी हाकु माया अलि अल्छी प्रकृतिकी थिइन् । शिवनारान पत्नीलाई यसरी सम्झाउँथे 'किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाका रूपमा निकालेर खेतलाई चढाउनु पर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्‌को जीवन हो र जिन्दगीको ज्योति हो' । प्रश्नहरू: (क) माथिको पहिलो अनुच्छेदमा किसानको खुशीलाई कसरी देखाइएको छ ? लेख्नु होस् । (ख) 'किसानका सन्तानले आराम गर्नु पाप हो' भन्ने शिवनारानका विचारसँग तपाईंको सहमति वा असहमति के छ ? आफ्ना तर्कहरू दिएर प्रतिक्रिया लेख्नु होस् ।

    10
  14. 15.

    कुनै दुई प्रश्नको उत्तर दिनु होस् : (क) तलको कवितांश पढी सोधिएका प्रश्नहरूको छोटो छरितो उत्तर लेख्नु होस्: जहाँ आलु बखडाका हाँगा हाँगामा फुल्दछन् कुखुराका चल्लाहरू जहाँ मृगमरीचिकाको पछि लाग्नेहरूको यादमा रुन्छन् धुपि र सल्लाहरू, जहाँ बाह्र महिना मानिसका गालामा फुल्दछन् आरुका फुल, जहाँ मुटुको स्पन्दन झैं उफ्री उफ्री खेल्छन् मृगशावकका हुल । प्रश्नहरू: (अ) यस कवितांशको 'जहाँ' शब्दले कुन ठाउँलाई सङ्केत गरेको छ ? (आ) मृगशावक मुटुको स्पन्दनझैं खेल्छन् भन्नुको तात्पर्य के हो ? (इ) धुपि र सल्ला रुनुको कारण के हो ? (ई) मानिसका गालामा आरुका फुल फुल्नुले के कुरालाई के सङ्केत गर्दछ ? (उ) यस कवितांशको मूल भाव के हो ? (ख) तल दिइएको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको छोटो छरितो उत्तर लेख्नु होस् : म विस्तारै सडकको ठूलो ढोकाबाट निस्कें । अनि भरिएका आँखाले ढोकाको डण्डीबाट भित्र हेरे, गौरी मतिर हेरि रहेकी थिइ - "तिमी हाम्रो दिदी आमाको घर नजाऊ है, शङ्कर ! त्यो त बोक्सी बुढी !" गौरी हात हल्लाइ हल्लाइ भन्दै थिइ । दिदीआमा र गौरीका बुबा माथि बरन्डामा उभिरहेका थिए । "हेर मलाई गाली गरेकी ? यो मोरो माग्ने छिमेकमा, छोरी भाइन आट्यौ तिमीले । छोटाको हावा लागेपछि बडाको स्वभाव कताबाट होस् ? यो छोटाहरूले टोल नछोडेसम्म यिनले छोड्ने होइनन् ।" दिदीआमा बुबासित भन्दै थिइ । प्रश्नहरू:

    • (अ) गौरीले शङ्करलाई किन "दिदीआमाको घर नजाऊ" भनेकी हो ? [1]
    • (आ) गौरीले आफ्नी फुपुदिदीलाई 'बोक्सी बुढी' भन्नाको कारण के हो ? [1]
    • (इ) "छोटाको हावा लागेपछि बडाको स्वभाव कताबाट होस्" भन्नाको तात्पर्य के हो ? [1]
    • (ई) दिदीआमाले कस्तालाई छोटा भनेकी हुन् ? [1]
    • (उ) उपर्युक्त कथांशबाट गौरी र शङ्करका बिच कस्तो सम्बन्ध देखा पर्छ ? [1]

    (ग) तलको निबन्धांश पढी सोधिएका प्रश्नहरूको छोटो छरितो उत्तर दिनु होस् : एक केजी मासु उत्पादन गर्न १० केजी शाकाहारी भोजन खपत हुन्छ । अर्थात एक धनी मांसाहारीले १० गरिब शाकाहारीको खाना हसुर्छ । धनी र सम्पन्न वर्गकै इन्धन, ऊर्जा र आहारमा गरिबहरूले पिल्सिनु पर्ने र भोकमरी बेहोर्नु पर्ने स्थिति खडा भएको छ । यसको दोष 'ग्लोबल वार्मिड' मा थोपर्ने प्रवृत्ति पनि छ । जे होस्, भोलिको सङ्घर्ष भोकमा आधारित हुने कुरालाई यत्तिकै नकार्न मिल्दैन । क्यामरुन, सेनेगल, मौरीटानिया, हाइटी र इन्डोनेसियामा भोकबाट क्रान्तिले जन्म लिन थालेको तथ्य समाचारमा सुनिसकेका छौँ । प्रश्नहरू:

    • (अ) यस निबन्धांशमा शाकाहारी र मांसाहारी बिच कस्तो भिन्नता देखाइएको छ ? [1]
    • (आ) भोकमरी भनेको के हो ? [1]
    • (इ) भोकमरीको कारण के लाई मानिएको छ ? [1]
    • (ई) 'ग्लोबल वार्मिड' को तात्पर्य के हो ? [1]
    • (उ) यस निबन्धांशले प्रस्तुत गरेको मूल समस्या के हो ? [1]
    10
  15. 16.

    आदर्श छिमेकीको भूमिका कसरी पुरा गर्न सकिन्छ ? 'छिमेकी' कथाका आधारमा प्रतिक्रिया लेख्नु होस् ।

    5

— The End —