Nep नेपाली (Nepali)

नेपाली (Nepali) NEB 2080 question paper

16 questions · 16 with worked answersSit this paper (timed)

National Examinations Board (+2)

+2 Humanities (Class 11 and 12)

Class 12 · NEB 2080

Course Title: नेपाली (Nepali) (Nep)

Full Marks: 75Pass Marks: 27Time: 3 hrs

(रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७८ र ७९ हुने साधारण धारतर्फका परीक्षार्थीहरूका लागि मात्र) विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्ने छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।

  1. 3.

    कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [२] (क) तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : परीक्षा चलिरहेको ठाउँमा पर्यवेक्षक टुप्लुक्क आएको देखेर निरीक्षकहरू मुसुक्क हाँसे । विद्यार्थीहरू अनुशासित भएर खुरुखुरु लेखिरहेका थिए । OR (ख) तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : हाम्रा अग्रजले हामीलाई देशको विकास र उन्नतिका लागि कम्मर कसेर काम गर्ने र राष्ट्रको नाक राख्ने जस्ता स्वाभिमानी कुरा सिकाएका छन् । एकले थुकी सुकी सयले थुकी नदी भने झैँ सम्पूर्ण नेपालीको एक मन हुनुपर्छ । अरूका चिप्ला र आकर्षक कुरामा विश्वास गर्ने हो भने अर्काको बाच्छा चाट्यो मुखभरि रौं, रौं पनि उडायो रौं न सौं भने झैँ हुन सक्छ ।

    2
  2. 4.

    तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : [३] कतिपय मानिसहरू आफ्नो विचारसँग मेल नखाने व्यक्तिलाई मित्रका रूपमा स्वीकार गर्न अप्ठ्यारो मान्दछन् । प्राय: हामी धेरैलाई आफ्नो विचार शतप्रतिशत उचित हो भन्ने लाग्छ तर हरेक मान्छेको विचार त फरक हुन्छ ।

    3
  3. 5.

    तलको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : आवासीय क्षेत्रको पहिचान हुन नसक्दा खेतीयोग्य जमिन घट्दै र कङ्क्रिटको सहर बढ्दै गएको छ । यस्तो कार्य बेलैमा रोकेर खेतीयोग्य जमिन र आवासीय जमिनको क्षेत्र निर्धारण हुनुपर्छ । [२]

    2
  4. 6.

    कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

    • (क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द बनाउनुहोस् : उपसर्ग : बि, कु, अभि प्रत्यय : यौली, य, तव्य [३] OR
    • (ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् : पुरुषोत्तम कार्यालय जानका लागि तमतयार भएर बसेका थिए । बुबाआमाले उनलाई बेलुका गफगाफमा नभुली फटाफट घर आउनू है भनेर सम्झाउनुभयो । छरछिमेकमा उनीहरू बुढापाकाहरूमध्ये बुद्धिजीवीका रूपमा चिनिन्छन् । [३]
    3
  5. 7.

    कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

    • (क) ले, लाई, बाट, द्वारा, देखि, को, मा, लागि विभक्ति लागेका कारकहरूको प्रयोग गरी आफ्नो बाल्यकालका बारेमा चार वाक्यमा वर्णन गर्नुहोस् । [४] OR
    • (ख) तल दिइएका वाक्यहरूलाई द्वितीय पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् : ऊ प्रयोगशाला गयो । उसले त्यहाँ अत्याधुनिक उपकरण देख्यो । उसले अनौठो मानेर प्रयोगशाला हेर्यो । उसले घर आएर परिवारका सबै सदस्यलाई प्रयोगशालाका बारेमा बतायो । [४]
    4
  6. 8.

    कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

    • (क) सम्भावनार्थक क्रियापदको प्रयोग गरेर आफ्नो मातृभूमिका बारेमा चार
    4
  7. 9.

    (ख) कथन परिवर्तन गरी लेख्नुहोस् :

    • बालकृष्ण समले भने- "ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा ।" [?]
    • देवकोटाले भनेका छन् - "मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ।" [?]
    • गुरुले मलाई सोध्नुभयो- "तिमीले गृहकार्य गर्यौ त ?" [?]
    • विदेशीहरूले भने-"नेपाल अत्यन्तै सुन्दर देश हो ।" [?]
  8. 10.

    तल दिइएको अनुच्छेद पढ़ी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : समाचार भन्नाले सामान्यत हालखबर वा नयाँ घटनाको विवरण भन्ने बुझिन्छ । यसैले रेडियो, टिभी, जस्ता श्रव्य-दृश्य माध्यमबाट प्रसारित वा पत्रिका आदि छापा माध्यमबाट प्रकाशित घटनाका ताजा विवरण समाचार हुन् । समाजमा घट्ने घटनाको विवरण भएकाले समाचार मानिसको पहुँचभित्रको विषय हो । समाचारका विषयअन्तर्गत राजनीति, शिक्षा, खेलकुद, व्यापार, वाणिज्य, संस्कृति आदि जुनसुकै हुन सक्छन् । यसरी जुनसुकै विषय समाचार बन्न सक्ने भए पनि कुनै पनि विषय आफैमा समाचार भने हुँदैन । जुन कुराले पाठक वा श्रोताको ध्यान आकर्षित गर्छ र नयाँ सूचना सम्प्रेषण गर्छ त्यस्तो विषयवस्तु समाचार बन्छ । समाचारका बारेमा भन्ने गरिन्छ, "कुकुरले मान्छेलाई टोक्नु समाचारको विषय बन्न सक्दैन तर मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार बन्छ" समाचारलाई रोचक बनाउने भन्दैमा यथार्थलाई परित्याग गर्न चाहिँ मिल्दैन । समाचार सम्प्रेषणमा संवाददाता पूरै तटस्थ रहनु राम्रो मानिन्छ । उसले आफ्नो राय, विचार वा निर्णयभन्दा घटना वा सूचनाको तथ्यपरक विवरण दिए पुग्छ । समाचारको उद्देश्य आम जनतासम्म सन्देश पुयाउनु हो । यसैले समाचारको भाषा सकेसम्म सरल बनाउनु पर्छ । समाचारमा छोटा छोटा वाक्य प्रयोग गर्नु राम्रो मानिन्छ । समाचारको शैली विशिष्ट हुन्छ । यही शैलीगत विशेषताकै आधारमा समाचारलाई घटनापरक, प्रक्रियापरक र फि

    5
  9. 12.

    कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

    • (क) विभिन्न सिप आर्जन गरी तुरुन्तै व्यावसायिक काम गर्न सक्ने प्राविधिक जनशक्ति उत्पादनका लागि खोलिएको प्राविधिक तथा व्यावसायिक विद्यालयको प्रचार-प्रसारका लागि गरिने विज्ञापनको नमुना तयार पार्नुहोस् । [4]
    • (ख) कृषि विकास बैंकबाट घर निर्माणका लागि रु. ५०,००,०००।- (पचास लाख) ऋण लिन लागेको विषयलाई समेटी तमसुकको नमुना तयार पार्नुहोस् । [4]
    4
  10. 13.

    कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

    • (क) आफूले गरेको शैक्षिक भ्रमणको चर्चा गर्दै एउटा प्रतिवेदन तयार पार्नुहोस् । (मानौँ तपाईंको नाम सुमन हो र विद्यालयको नाम हिमालय मा. वि. हो ।) [5]
    • (ख) 'भ्रष्टाचार नियन्त्रण' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् । [5]
    5
  11. 14.

    कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :

    • (क) आखिर जीवन नै नाटक हो । संसार नै रङ्गमञ्च हो । [4]
    • (ख) त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्ने छौ तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ । [4]
    4
  12. 15.

    कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

    • (क) तल दिइएको निबन्धांश पढ़ी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : जोगबनीदेखि धरानसम्मको अलकत्रे बाटोलाई धिक्कार्दै र भादगाउँदेखि बाह्रबिसेसम्मको फराकिलो कालो बाटोलाई सराप्दै हामी ठ
    • (आ) लेखकसहित छ जना साथीहरु आकाशतर्फ उचालिरहनुको तात्पर्य के हो ? [?]
    • (ख) तलको संवादांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : हेर घनश्याम, प्राकृतिक सौन्दर्यको मात्रै कुरा गर्ने हो भने पनि नेपालका हिमाल, जङ्गल र चरा मात्रै भनेर पुग्दैन । यहाँ असङ्ख्य पहाड, अन्नको भण्डार तराई, नदी, ताल, उपत्यका, सिमसार, जैविक विविधता आदि थुप्रै कुरा छन् । नेपाल आउने पर्यटक सबै हिमाल हेर्न र आरोहण गर्न आउने होइनन् नि । पर्यटनका लागि विभिन्न किसिम छन् भन्ने तिमीलाई थाहै छ । त्यसमध्ये सांस्कृतिक पर्यटन पनि त एक हो । नेपाल जस्तो सानो ठाउँमा सबै जाति, सयौँ भाषा, सयौँ संस्कृतिको अध्ययन गर्न पाउनु सांस्कृतिक पर्यटकका लागि ठुलो अवसर हो नि । त्यसैले नेपालको विविधतासँग पर्यटकको सरोकार हुने भएन र ? प्रश्नहरु :
      • (अ) नेपालको प्राकृतिक सौन्दर्यभित्र के के कुरा पर्छन् ? [?]
      • (आ) नेपालमा सांस्कृतिक पर्यटनको कस्तो सम्भावना छ ? [?]
    4
  13. 1.

    तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् : गरिबी न्यूनीकरण नेपाली वस्तु तथा सेवाका लागि लगानीमैत्री वातावरण सिर्जना र निर्यात प्रवद्र्धनका माध्यमबाट अर्थतन्त्रलाई सुदृढ गर्नु आवश्यक छ । तुलनात्मक लाभ तथा प्रतिस्पर्धी क्षमता भएका नेपाली वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्नुपर्छ । [3]

    3
  14. 2.

    तलको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : अग्लो डाँडा बाट विहानै सूर्योदयको दृश्य हेर्दा म मन्त्रमुग्ध भएँ । नयाँ ठाउँ त्यहाँको प्राकृतिक रमणियता र सामाजिक जीवनपद्धतिबाट मलाई आनन्दको अनुभूति हुन्छ । [3]

    3
  15. 16.

    कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

    • (क) दमयन्तीको जस्तो कठिन अवस्थामा तपाईं भएको भए नललाई खोज्न तपाईं कस्तो उपाय अपनाउनुहुन्थ्यो ? आफ्नो प्रतिक्रिया दिनुहोस् । [?]
    • (ख) छोराछोरीको माया, लोग्नेको माया, अरूको माया छुट्टाछुट्टै हुन् । मायाको आफ्नै विशेषता छ । यस भनाइलाई 'मातृत्व' कथाका आधारमा पुष्टि गर्नुहोस् । [?]
    4
  16. 17.

    कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

    • (क) 'एक चिहान' उपन्यासमा के कस्ता सामाजिक कुरीति र कुसंस्कारको विरोध गरिएको छ ? स्पष्ट पार्नुहोस् । [?]
    • (ख) 'हामीलाई बोलाउँछ हिमचुली'
    8

— The End —